भरुवा बन्दुक प्रहार गरी छोराको हत्या गरेको आरोपमा पाँचथरबाट बाबु पक्राउ

१० कार्तिक २०८२, सोमबार
भरुवा बन्दुक प्रहार गरी छोराको हत्या गरेको आरोपमा पाँचथरबाट बाबु पक्राउ

पाँचथर : १७ वर्षीय छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आफ्नै घर नजिकै बारी बखतले भरुवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको हो। घटनाको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio