लालझाडी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

३१ आश्विन २०८२, शुक्रबार
लालझाडी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

लालझाडी –  आ.व. २०८१/८२ मा सञ्चालन गरिएका सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा तथा आगामी आवको योजना तर्जुमा गोष्ठी लालझाडी गाउँपालिकाको सभाहल, शंकरपुरमा सम्पन्न भएको छ।

गोष्ठीमा लालझाडी गाउँपालिकाभित्र सञ्चालन भएका विविध स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती, उपलब्धि तथा आगामी दिनमा थप प्रभावकारी योजना निर्माणका विषयमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो।गोष्ठीको अध्यक्षता लालझाडी गाउँपालिका अध्यक्ष श्री निर्मल राना ज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वस्थ शाखा प्रमुख खगेन्द्र चौधरी गर्नु भएको थियो।

उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय, दिपायल डोटीका प्रतिनिधि, स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकारीहरू, लालझाडी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका, नागरिक समाजका सदस्य लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विगत वर्षका कार्यहरूलाई मूल्यांकन गर्दै आगामी वर्षका लागि प्राथमिकताका क्षेत्रमा आधारित योजना निर्माणका सन्दर्भमा महत्वपूर्ण सुझाव र प्रतिबद्धता व्यक्त गरेका थिए।

गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि महत्वपूर्ण सहयोग पुर्‍याउने स्वास्थ्य निर्देशनालय दिपायल, स्वास्थ्य कार्यालय कञ्चनपुर, लालझाडी गाउँपालिका परिवार तथा सम्पूर्ण सहयोगी निकायहरूलाई आयोजक पक्षले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

उक्त गोष्ठीले स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न रणनीतिगत योजना निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio