धनगढी, साउन ११ – न्यु जनसेवा युवा क्लब, धनगढी-१३, श्रीलङ्का, कैलालीले प्रथम खुल्ला रात्री पेनाल्टी सुटआउट प्रतियोगिता २०८२ को आयोजना गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका–१३ स्थित नवज्योति स्कुलको खेल मैदानमा साउन १६ गते साँझ ५ बजेबाट सुरु हुने प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण टिमहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
प्रतियोगितामा एक टिममा अधिकतम ६ खेलाडी रहनेछन । कुनै खेलाडीले एउटै भन्दा बढी टिममा खेल्न नपाउने नियम राखिएको छ ।

टिम दर्ता शुल्क रू. २००० कायम गरिएको छ भने ३० भन्दा कम टिम दर्ता भएमा आयोजकको निर्णयअनुसार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको विजेतालाई नगद रु.२०,००० र उपविजेतालाई नगद रु.१०,००० प्रदान गरिनेछ ।
टिम दर्ता तथा जानकारीका लागि निम्न सम्पर्क गर्न सकिनेछ:
* अध्यक्ष समीर चौधरी: 9762479250
* राम चौधरी: 9745370989
* किसन चौधरी: 9800625744
* कालु राम चौधरी: 9767541538
यस प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै युवा वर्गलाई सक्रिय र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष समीर चौधरीले जानकारी दिनु भएअनुसार खेलाडीहरूलाई थारु सांस्कृतिक नाच देखाएर स्वागत गरिने छ ।