कंचनपुर । पुनर्वास टाइम्स पत्रीकाका संचालक लाल बहादुर एस.के र अहमदिया संघ नेपालले  श्री सरस्वती माध्यमिक विद्यालयका खेलाडी लाई ४० थान ड्रेस उपलब्ध गराई सहयोग गरेका छन ।  पुनर्वास नगरपालिकाले आयोजना गरेको ” स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ   स्थानीय तह स्तरीय १५ औं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ लाई लक्षित गर्दै अहमदिया संघ नेपाल पुनर्वास टाइम्स पत्रीकाको  आर्थिक सहयोगमा उक्त सहयोगको प्रदान गरेको छ । 

अहमदिया संघ नेपालका कैलाली- कंचनपुरका इन्चार्ज इमाम अहमदले शिक्षा ,स्वास्थ्य ,खेलकुद र जोखिमपर्ूण्ा  परिस्थितिमा सहयोग गर्न पाउदा  गौरव  महसुस हुने बताएका छन । सबैलाई प्रेम गरौं ,कसैलाई घृणा नगरौं भन्ने अहमदिया संघको मूल मन्त्र रहेको छ  । तसर्थ  सबै क्षेत्र ,जगतमा मैत्रीपुर्ण सम्बन्ध कायम गरि एकापसमा सहयोग आदानप्रदान गर्ने बताए । संघ तर्फबाट थोरै भए पनि खेलाडी भाइबहिनीहरु लाई होसला प्रदान हुने प्रति विश्वास रहेको बताए  । 

विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले यस्तो सहयोगले विद्यालय र  खेलाडीहरूको मनोबल उच्च रहने बताउदै , आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शनको लागि प्रेरणा मिल्ने अपेक्षा रहेको बताएका छन  । साथै सहयोगी दाताहरु लाई आभार तथा कृतज्ञता समेत व्यक्त गरेका थिए   ।

यसैगरी सरस्वती मा.विका शिक्षक तथा खेलकुद संयोजक शिवराज पाण्डेले विद्यालयको शैक्षिक तथा खेलकुदको स्तरवृद्धिमा विद्यालयले हरसम्भव प्रयास गरेता पनि सीमित श्रोतसाधनका कारण नसकेको अवस्थामा अहमदिया संघ नेपाल र पुनर्वास टाइम्सले गरेको  सहयोगप्रति आभारि रहेको बताए  ।

पुनर्वास टाइम्सका संचालक ( पत्रकार) लाल बहादुर एस.केले खेलाडी लाई मर्यादित र अनुशासित बनाउने माध्यम मध्य ड्रेस पनि एक भएकाले खेलाडी भाइ-बहिनीहरुमा थप उर्जा प्राप्त हुने विश्वास लिएको बताउदै  उत्कृष्ट प्रदर्शन सहित सफलताको  शुभकामना  व्यक्त गरेका छन । यसरी आगामी दिनमा पनि विभिन्न विषयमा सहयोगको बाताबरण सृजना गर्ने  प्रतिबद्धता समेत व्यक्त गरेको थिए  ।