कञ्चनपुरबाट बेपत्ता भएका युवक भारतमा मृत फेला परेका छन् ।

मृत्यु भेटिनेमा दोधाराचाँदनी नगरपालिका–४, मालिका टोलका ३५ वर्षीय गोपीन दमाई रहेकाे प्रहरीले जनाएको छ ।

उनी भारतको उत्तराखण्डस्थित उधमसिंह नगरको सुरई रेञ्ज जंगलमा मृत भेटिएकाे खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार गत २० कार्त्तिकमा घरबाट निस्किएका दमाई नफर्किएपछि परिवारले खाेजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए तर, उनी शनिबार रमखोला नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

दमाईकाे बाघकाे आक्रमणबाट मृत्युु भएको पाइएकाे प्रहरीले जनाएको छ । बाघकाे आक्रमणमा परेका उनका शरीर भरी चिथाेरेकाे पाइएकाे छ ।

घटनाबारे थाहा पाएपछि भारत पुगेका जनप्रतिनिधिसहित परिवारका सदस्यले मृतककाे शव आइतबार नेपाल ल्याएका छन् ।