Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८३ मंसिर १ गते
  • गृह
  • विचार
  • समुदाय
    • खानपिन
    • चालचलन
    • कला
  • ज्ञानगुन
    • खेलकुद
    • कहानी
    • कविता
    • जनाैनी
    • उखान
  • बातचित
  • संग्राहलय
    • फाेटाे ग्यालरी
    • रानाथारु संगीत
  • कृषि
  • दस्तावेज
  • हमर बारेम
    • पृष्ठभुमी
    • रानाथारु डटकम का हए ?
    • हमर उद्देश्य
    • कौन हए हम ?
    • सहयोग कैसेक कराँए ?

लालझाडीमा पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३ सम्पन्न, अरनिको–११ बन्यो च्याम्पियन नरेश राना कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कञ्जमा सञ्चालन भएको पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। अमर ज्योति युवा क्लबको आयोजनामा तथा लालझाडी गाउँपालिकाको मुख्य प्रबर्धनमा प्रतियोगिताको पाँचौँ संस्करण सम्पन्न भएको हो । गत कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार कात्तिक ३० गते समापन भएको हो । प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको उपाधि अरनिको–११ ले जितेको छ भने पुनर्वास लेजेन्ड्स उपविजेतामा सीमित भएको छ। प्रतियोगितामा विजेता टोली अरनिको–११ ले प्रथम पुरस्कार १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता पुनर्वास लेजेन्ड्सले १ लाख ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको समापन समारोह अमर ज्योति युवा क्लबका अध्यक्ष हीलेन्द्र राना को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका–५ का वडाध्यक्ष पहल बहादुर थापा र वडा नम्बर २ का वडाध्यक्ष आशाराम राना सहभागी थिए। कार्यक्रममा स्वागत मन्तव्य क्लब का सचिव नीरबहादुर रानाले राखेका थिए भने कार्यक्रम सञ्चालन ओमप्रकाश रानाले गरेका थिए। स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने र लागू औषध नियन्त्रणको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। लालझाडी गाउँपालिकाको निरन्तर आर्थिक सहयोगमा प्रतियोगिताले पाँचौँ संस्करणसम्मको यात्रा पूरा गरेको आयोजकले जनाएको छ।

२०८३ मंसिर १ गते मंगलवार मा प्रकाशित
125 Shares

125 Shares
[TheChamp-FB-Comments]

Mohrain Websoft

ताजा समाचार

प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत भ्रमणमा जाने, मोदीसँग द्विपक्षीय वार्ता हुने

नेपालको ऊर्जा क्षेत्रमा नयाँ आशा: दैलेखमा ८० अर्ब घनमिटरभन्दा बढी ग्यास पुष्टि

तिहार, छठ र नेपाल संवत्ले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, विजेतालाई १ लाख ५० हजार ५ रुपैयाँ पुरस्कार

Rana Tharu studios

Mohrain Websoft

हाम्रो बारेमा

आँगनबारी मिडिया प्रा.लि द्वारा संचालित
www.ranatharu.com

रानाथारु भाषाको पहिलो अनलाइन न्युज पोटल

कम्पनि दार्ता नं. २१६९६९

सुचना विभाग दर्ता नं. १४६६

हाम्रो टिम

संचालक/ सम्पादक: नन्दलाल राना थारू

जिल्ला संवाददाता:

नरेश राना ( कञ्चनपुर )

उमेश राना (कैलाली)

दिनेश राना (कैलाली)

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

सम्पर्क

आँगनबारी मिडिया प्रा.लि.

ठेगाना : ध.उ.म.न.पा. ७ देवहरिया, कैलाली

फोन नं. : ९८४८४६३१७६

इमेल : ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain