Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८३ श्रावण १० गते

नेकपा एसका वडा इन्चार्ज सहित दर्जनौं एमाले कार्यकर्ता माओवादीमा प्रवेश

नरेश राना/ कञ्चनपुर, २१ कार्तिक । चुनाव नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी समाजवादीका वडा इन्चार्ज सहितका कार्यकर्ताहरु नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर २ का समाजवादीका वडा इन्चार्ज तथा नगर कमिटी सदस्य तिलक राज जोशी लगायत नेकपा एमाले सहितका दर्जनौं नेता(कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्र नं. ३(१) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र भट्टले नेकपा समाजवादी तथा एमालेका नेता तथा कार्यकर्ताहरुलाई टीका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले लोकतान्त्रिक बाम गठबन्धन र नेकपा माओवादी केन्द्रलाई चुनाव जिताउन प्रवेश गर्नु भएकोमा बधाई तथा धन्यवाद दिँदै संविधानको रक्षा र विकास, समृद्धिको पक्षमा लाग्न सबैलाई आग्रह गर्नुभयो ‌। नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा समाजवादीका नगर सदस्य भरत पार्की नेकपा एमालेका पार्टी सदस्य बिरेन्द्र पार्की, नरेश भण्डारी धन बहादुर चन्द, दिपक लुहार, घुम्मन चौधरी(भलमन्सा), कल्पना देवी चौधरी लगायतका कार्यकर्ताहरुले नेकपा समाजवादी र एमाले परित्यागगरी माओवादी केन्द्र मा प्रवेश गरेका छन् । नवप्रबेसिहरुले विगतमा आफूले काम गर्दै आएको पार्टी र संगठनमा नातावादकृपावाद रहेको प्रदेशको संविधानको रक्षा र देश विकास प्रति गैरजिम्मेवार भएकोले अहिलेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् ।



Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain