लालझाडीमा खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

९ मंसिर २०७९, शुक्रबार
लालझाडीमा खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

नरेश राना/कञ्चनपुर, ०९ मंसिर । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं २ कञ्ज को खेल मैदानमा भएको खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । लालझाडी गाउँपालिका वार्ड नं २ को सहयोगमासो खेल सम्पन्न भएको हो ।

अमर ज्योति युवा क्लबको आयोजनामा ३५ टीम को सहभागितामा कार्तिक २५ गते देखि शुरू भएको खेल आज मंसिर ९ गते फाइनल खेल अशोक सामुदायीक कञ्ज vs बेलौरी युनिभर्सल जीमको प्रतिस्पर्धा भएको खेलमा बेलौरी युनिभर्सल जीमले १ का विरुद्ध २ गोलले विजय भएको हो। विजय हुने टीम बेलौरी युनिभर्सल जीम टीमले नगद रु २५ हजार ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका छन भने दितिया हुने टीम अशोक सामुदायीक कंज़ले नगद रु १५ हजार ट्रफी , प्रमाण पत्र प्रदान गरेको आयोजकले जनाउनु भएको हो।

सो कार्यक्रम सभापति अमर ज्योति युवा क्लबका अध्यक्ष दिलीप कुमार राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो। विशिष्ठ अतिथि लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियो । सो समापन कार्यक्रममा सहयोगी हातहरुलाई प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो खुल्ला फुटबल प्रतियोगिता प्रातेक वर्ष गरिने आयोजक ले जनाउनु भएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio