MPDS ले गरेको जैबिक तटबन्धले बस्ती जोगिने भएपछि स्थानीयहरु खुशी

९ भाद्र २०८२, सोमबार
MPDS ले गरेको जैबिक तटबन्धले बस्ती जोगिने भएपछि स्थानीयहरु खुशी

भजनि ।

भजनी नगरपालिकाको समन्वय र kerk in actie को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ५ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैबिक तटबन्ध गरिएको छ
बर्षेनी बर्षायाममा काँडा नदीमा बाढी आई बर्दवाफाँटा बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिनको कटानी भई थुप्रै धनजनको क्षेती हुने गरेको छ ।
तसर्थ यसबर्ष पनि बाढी तथा डुबानले बर्दवाफाँटाको डल्फिन पर्यटकिय मार्ग नै कटानी गरी बाढी गाउँमा पस्ने थप जोखिम देखिए पछि प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा बर्दवाफाँटा बिपद ब्यवस्थापन समिती टास्कफोर्सको अगुवाइमा सामुदायिक जैबिक तटबन्ध गरिएको बहुउद्धेश्यीय विकास समाज (MPDS)डडेल्धुराका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिनुभयो ।

उहाँलेउक्त जैविक तटबन्धबाट बर्दवाफाँटाका ९० घरपरिवारका करिब ३६० जना प्रत्यक्ष रुपमा लाभावन्तित हुने बताउनु भयो । बर्दवाफाँटाका स्थानीयहरुले विपद जोखिम न्यूनिकरणको क्षेत्रमा काम गर्न २७ जनाको विपद व्यवस्थापन समिती टास्कफोर्स गठन गरी,स्थानीय छलफल सहभागीता र श्रमदानमा करिब ३४.५ मिटर जैविक तटबन्ध गरेका हुन ।
सामुदायिक जैबिक तटबन्धको अनुगमनको क्रममा भजनी नगरपालिका नगर प्रमुख केबल चौधरीले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्ध र बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गरे ।
उनले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरुले रु १ लाख सहयोग गरेको र आगामी दिनमा पनि जैविक तटबन्धका लागि थप बजेट सहित सहयोग सहकार्य गर्न तत्पर रहने बताए । अनुगमनका क्रममा भजनी नगरपालिका वडा नं ३ का अध्यक्ष बिक्रम चौधरीले तटबन्ध राम्रो बनेको विपद जोखिमको क्षेत्रमा आफूहरुको सदैव सहयोग रहने बताउनु भयो । अनगमनमा सहभागी भजनी नगरपालिका विपद फोकल पर्सन विष्णु न्यौपानेले कम बजेटमा पनि प्राविधिक हिसाबले पनि राम्रो कार्य भएको बताउनु भयो । उहाँले विपद सम्वन्धि जनचेतना जगाउन MPDS ले स्थानीय तहमा राम्रो कार्य गरेको बताउनु भयो ।


बर्दवाफाँटा बिपद व्यवस्थापन समिती टास्कफोर्सका अध्यक्ष सविता काफ्ले ले सामुदायिक जैबिक तटबन्धले काँडा नदीले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र बस्ती र खेतीहरु डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरे । उहाँले भन्नुभयो MPDS संस्थाले तटबन्धमा सहयोग गरेकोमा हामी स्थानीयहरु अत्यन्तै खुशी छौ ।
अनुगमन कार्यक्रममा भजनी नगरपालिका वडा नं ३की वडा सदस्य जैसरा विक,भलबन्सा टिकाराम जैशी,टास्कफोर्सका पदाधिकारी,परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका,लगायतकाको सहभागीता रहेको थियोे ।
उक्त सामुदायिक जैबिक तटबन्ध भजनी नगरपालिकाको कार्यालयबाट १ लाख सहयोग,बहुउद्देश्यीय बिकास समाज डडेल्धुराबाट १ लाख ३० हजार सहयोग र बिपद् व्यवस्थापन समिती टास्कफोर्सको अगुवाईमा स्थानीयहरुबाट श्रमदान हुने गरी त्रिपक्षित सम्झौता अनुरुप निर्माण सम्पन्न गरिएको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio