धनगढी: कैलालीको धनगढी उप-महानगरपालिका-७ , देवरिया स्थित देवरिया सामुदायिक वन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा समुहका अध्यक्ष शारदा प्रसाद रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख राम चन्द्र कडेल , विशिष्ट अतिथी सव-डिभिजन वन कार्यालय प्रमुख कृष्ण नन्द जोशी , धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , सामुदायिक वन उपभोक्ता महासंघका महासचिव डण्डीराज सुबेदी , वनस्पति अनुसन्धान केन्द्रका प्रतिनिधि कृष्ण बुढाथोकि , अतिथी धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना ,वडा सदस्य , समुहका पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, उपभोक्ता सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
आ.व. ०७९/०८० को आयब्याय ४३ लाख ३४ हजार ९ सय ४३ रुपैया ६७ पैसा बराबरको कारोबार भएको भनेर देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागिराम चौधरी प्रस्तुत गरेका थिए ।
आ.व. ०८०/०८१ को अनुमानित बजेट १ करोड ५ लाख १७ हजार ५ सय ५० रुपैया बराबर रहेको भनेर देवरिया सामुदायिक वन उपभोक्ता समुहका लेखा संयोजक पृथ्वी रानाले प्रस्तुत गरेका थिए ।
उपभोक्ताहरुले वन समुहलाई सहयोग गर्यो भने बलियो हुन्छ । बाटोमा रुखहरुको कारण दुर्घटनाहरु भइरहेको हुन्छ त्यसलाई ब्यवस्थापन गर्नको लागि पहल गर्नेछौ ।यो जिल्लाकै उत्कृष्ट सामुदायिक वन हो यसलाई जिल्ला वन कार्यालय कैलालीबाट हामीले पुरस्कार पनि दिएका छौ । यस्तै अगामी दिनमा राम्रो काम गर्ने विश्वास राखेका छौ भनेर प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख राम चन्द्र कडेलले मन्तव्य व्यक्त गरेका हुन ।
यस वडामा थुप्रै सामुदायिक वनहरु छन आजको यस समुहको प्रस्तावित बजेटबाट सामुदायिक विकास गर्नको लागि वडाको बजेट र यस समुहको बजेटलाई साझेदारीमा गरिबी निवारणको लागि सिपमुलक तालिमहरु दिइ सामुदायको बिकास गर्नुपर्छ । वनमा रहेका सुकेका ढ्लापणा रुखलाई व्यवस्थापन गर्नुपर्छ भनेर विशिष्ट अतिथी धनगढी-७ , का वडा अध्यक्ष मोती रानाथारुले बताएका थिए ।
सामुदायिक वनको संरक्षण भएको छ , फाईदा हुनुपर्ने जति फाईदा भएको छैन । यस समुहमा उपभोक्ता सदस्यहरु वृद्धि भइरहेको छ भविष्यमा यदि बैज्ञानिक तरीकाले अगाडि बढेनौ भने यस समुहले माग धन्न सक्दैन । यस समुहलाई चिनाउनको लागि र आर्थिकको लागि यस समूह भित्र पार्यटकिय क्षेत्र बनाउनुपर्छ । यस समुहको क्षेत्र अधिकार भित्र कुनै अरु ब्यक्तिहरु न आओस र सजिलै पहिचान गर्न सकुन भनेर उपभोक्ता सदस्यले आफ्नो परिचयपत्र बोकेर जंगल भित्र जानुपर्छ भनेर धनगढी-७ का निवर्तमान अध्यक्ष सिताराम रानाले मन्तव्य व्यक्त गरेका थिए ।
सुशासन भएको र उत्कृष्ट सामुदायिक वन यसबाट अरु सामुदायिक वनले पनि केही सिख्नुपर्छ । असोज २६ गतेबाट सर्वोच्च अदालतबाट कुनै किसिमको स्थानीय सरकारलाई पनि कर नतिर्नुपर्ने भनेर निर्णय गरेका छन । वन ऐन २०७६ बाट गरिव बिपन्न समुहलाई बजेट बिनियोजन गर्नुपर्छ, वनलाई मात्र लागू हुने र स्थानीय सरकारलाई किन लागु नहुने भनेर सामुदायिक वन उपभोक्ता महासंघका महासचिव डण्डीराज सुबेदीले मन्तव्यमा प्रश्न गरेका थिए ।
कार्यक्रममा रानाथारु , थारु , समुदायको सांस्कृतिक नाच ,देउडा , कविता बाचनहरुको प्रस्तुती भएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले व्यक्त गरेका थिए ।
आ.व. ०७९/०८० को प्रगति प्रतिवेदन र कार्यक्रम संचालन देवरिया सामुदायिक वन उपभोक्ता समुहका सचिव संगिना जगरीले गरेकि थिइन ।