कञ्चनपुर, ६ जेठ
कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको छ । जिल्लाकोे शुक्लाफाँटा नगरपालिकाले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको हो । ३० बैशाख ०७९ सालमा सम्पन्न भएको स्थानीय तहबाट निर्वाचित रण बहादुर महरा नेतृत्वको शुक्लाफाँटा स्थानीय सरकारले हालसम्म गरेका कामकाज सार्वजनिक गरेको जनाएको छ । पूर्वाधार विकास, पशुपक्षी, महिला, प्रशासन, न्याय, कषि, स्वास्थ्य शाखा, सहकारी, शिक्षा, भूमि व्यवस्थापन,रोजगारी, आर्थिक प्रशासन शाखामा तर्फका योजना कार्यान्वयन भएका छन ।
सोमबार पत्रकार सम्मेलन मार्फत पालिकाले पूर्वाधारदेखि ८६ किसानलाई जग्गाधनी प्रमाण जमिनको मालिक बनाईएको छ । नगरका १२वटै वडाहरुमा सडक कालोपत्रेदेखि स्तरोन्नती गरिएका छन ।
मेयर रण बहादुर महराले तीन बर्षे कार्यकालमा परेका योजना सार्वजनिक गर्दै भने, ‘निर्वाचनका बेला जनतासंग गरेका बाचा अनुरुप विकास निर्माणका कामकाज अघि बढेका छन, कतिपय पुरा भएका छन, कतिपय निरन्तर अघि बढिरहेका छन ।’ नगर खानेपानी चक्रपथ योजना बहुबर्षे योजना दुत गतिमा अघि बढेका छन । नगर स्तरिय कर्भडहल निर्माण सम्पन्न गरिएको छ ।
३सय सडक बत्तिमा ११सोलार बत्ति जडान, सिँचाईका लागि ६६ बोरिङ्ग निर्र्माण, २वटा मल्टिस्पान पुल निर्माण, नगर अस्पताल ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सुरक्षित नागरिक आवास अन्र्तरगत २सय ५३ विपन्न जनतालाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ ।
योग भवन निर्माण, पर्यटकीय मणिकाधाम बतासे झर्ना ३.५किलोमिटर पदमार्ग निर्माण, गत आर्थिक बर्ष ०८०÷०८१मा खोलामा नदीजन्य पदार्थ संकलन बाफत ४५लाख राजस्व संकलन गरिएको छ । मानवबन्यजन्तुद्वन्द्व न्यूनिकरणका लागि ८किलोमिटर मेष वायर घेरवार निर्माण, कृषि माविमा छात्राबास निर्माण, निःशुल्क खोपदेखि कृत्रिम गर्भाधान केन्द्र स्थापना, सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन निरन्तरता दिईएको छ । ३०जन्मजात अपाङताको पहिचान गरेर तालिम सचालन, एकल महिलालाई तालिम, ३सय बढि जेष्ठ नागरिकलाई परिचय पत्र वितरण, नगर प्रहरी गठन, अटो रिक्सा दर्ता कानुन बनाई हालसम्म ४४अटो रिक्साहरु दर्ता, ११रुटमा ईजाजत प्रदान गरिएको छ । आर्थिक बर्ष ०७९÷०८०मा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा नियमित प्रदेशमै प्रथम, आर्थिक बर्ष ०८०÷०८१मा वित्तिय सुशासन जोखिम मुल्याङकनमा जिल्लामै पहिलो भएको छ । न्याय समिति मार्फत आव ०७९÷०८०मा २९ विवाद मध्ये २७ फछ्यौट, आव ०८०÷०८१मा ३३मध्ये ३१ मेलमिलाप र चालु आर्थिक बर्ष ०८१÷०८२मा १५ दर्ता ११फ्छ्यौट गरिएका छन ।
तरकारी पकेट विकास अन्र्तरगत विवित कृषिका कार्यक्रम संचालन गरिर्एका छन । गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेसवा, ३हजार, ३सय ३७नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
८४ व्यवसाय दर्ता, २सय ५५ नविकरण, ३९नामसारी गरिएको छ । ७सय ६५युवाहरुलाई रोजगार दिईएको छ । कक्षा १देखि ८सम्म स्थानीय पाठयक्रम निर्माण गर्दै सामुदायिक विद्यालयका भवन निर्माण गरिएका छन । ८६किसानलाई जमिनको मालिक बनाएको छ । १, २, ३, ९, १२ वडाहरुमा ऐलानी जमिन नापचाँज गरिएको छ । लेखा प्रमाणी व्यवस्थित गर्न विद्युतीय भुक्तानी गरिएको छ । शुक्लाफाँटा नगरका उपमेयर कमला पन्तले निर्वाचित भएपछि निष्पक्ष रुपमा जनताको बृद्धि विकासका लागि कामकाज गरेको बताईन । प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरुप विकास निर्माणका योजना फछ्ुर्याैट गरिएको बताए । नयाँ संविधान निर्माण पछि दोस्रो स्थानीय सरकार गठन भएपछि कञ्चनपुरको पहिलो शुक्लाफाँटा नगरपालिका तीन बर्षे कार्य उपलब्धी सार्वजनिक गर्ने पहिलो सरकार बनेको छ ।