कृषक पाठशाला दिवस लालझाडी ६ मा सम्पन्न

१० आश्विन २०८०, बुधबार
कृषक पाठशाला दिवस लालझाडी ६ मा सम्पन्न

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाको वार्ड नं ६ मा रहेको लक्ष्मी कृषक पाठशाला समूहको आयोजनामा कृषक पाठशाला दिवस सम्पन्न गरेको छ। सो पाठशाला दिवसलाई ली वार्ड र अक्सफाम नेपाल द्वारा संचालित स्थानिय बीऊ प्रणाली सुधार कार्यक्रमको सहयोग मा कृषक पाठशाला दिवस सम्पन्न गरेको थियो।

कार्यक्रममा लक्ष्मी कृषक पाठशालाका अध्यक्ष बालमती रानाको सभाध्यक्षमा लालझाडी गाउँपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष हर्क नारायन जोशीको प्रमुख अतिथिको अध्यक्षमा कार्यक्रम सम्पन्न गरिएको थियो । वार्ड अध्यक्षले भने यो पाठशालाले विशेष गरी मूल बीऊको जातीय छनौट गरी आउँदो दिन मा राम्रो खाले बीऊ राख्ने भनी बताउनु भयो।

भने यस पाठशालामा किसानलाई विभिन्न किसिमका फाइदा हुने ली वार्ड कृषि प्राबधिक लक्ष्मी परियार ले बताउनु भयो। लक्ष्मी कृषक पाठशालामा १० किसिमका बिउ राखिएकोमा मूल्यांकन गरी ३ वटा धानको विउ छनौट गरिएको थियो जसमा घैया ३, झुम्का, र राधा १४ छनौट गरिएको पाठशाला का सहजकर्ता हीरा रानाले बताएकी थिइन् ।
कार्यक्रमलाई ली वार्ड संस्था की मास्टर सहज कर्ता रूपकला रानाले सञ्चालन थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio