कञ्चनपुर — पुनर्वास नगरपालिका–१० स्थित दोदा पुलदेखि सिमरी जोड्ने हुलाकी सडकमा पोल बत्ती सञ्चालनमा आएको छ। सडकमा पोल बत्ती जडान गरी सञ्चालनमा ल्याइएपछि रातिको समयमा आवतजावत गर्ने स्थानीयलाई सहज भएको छ।

सडकमा बत्ती बल्न थालेसँगै रातिको समयमा यात्रा गर्ने पैदलयात्री तथा सवारीसाधन चालकलाई थप सुविधा पुगेको स्थानीयले बताएका छन्। पोल बत्ती सञ्चालनमा आएपछि सडक क्षेत्रको दृश्यता बढ्नुका साथै आवागमन थप सुरक्षित हुने अपेक्षा गरिएको छ।

स्थानीयका अनुसार लामो समयदेखि आवश्यक रहेको सडक बत्ती सञ्चालनमा आएपछि दोदा पुलदेखि सिमरीसम्मको सडक रातको समयमा उज्यालो र व्यवस्थित बनेको छ।

सेयर कर दियो ।