धनगढी । खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ निवासी १७ वर्षीय दोर्ण सुवेदी बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो साढे ४ बजेतिर तीन जना साथीसँगै नुहाउन गएका सुवेदी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

सेयर कर दियो ।