कञ्चनपुर। लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीको सरुवा भएको छ। बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्कीलाई डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सरुवा गरेको हो।
सार्कीको ठाउँमा डोटीको केआईसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौरालाई सरुवा गरिएको छ। मन्त्रालयले गरेको सरुवा निर्णयसँगै लालझाडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा डगौराले जिम्मेवारी सम्हाल्ने भएका छन्।

सेयर कर दियो ।