धनगढीः धनगढी उपमहानगरपालिका–१५ उर्मीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञ आगामी असोज २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो। महायज्ञको तयारीका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर रोकायाको संयोजकत्वमा ५१ सदस्यीय मूल सञ्चालन समिति गठन गरिएको छ।
त्यस्तै, महायज्ञको प्रचारप्रसारका लागि विद्यालयका शिक्षक दीपकराज जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ। महायज्ञ सञ्चालनसम्बन्धी तयारीका लागि आयोजित कार्यक्रममा वडा नम्बर १५ का आम समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
विद्यालयको शैक्षिक विकास तथा धार्मिक गतिविधिलाई अघि बढाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको जनाइएको छ।





