धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले विदेश अध्ययनका लागि चाहिने नो अब्जेक्सन सर्टिफिकेट (NOC) अब डिजिटल प्रणालीबाटै पाउने भएका छन् ।

यसका लागि सुदूरपश्चिम विश्वविद्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयबीच डिजिटल तथ्याङ्क आदान-प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्ट र मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभयो ।

यो नयाँ व्यवस्थासँगै विद्यार्थीले NOC लिन भोग्दै आएको झन्झट अन्त्य भई सेवा छिटो, सहज र पारदर्शी हुने विश्वास लिइएको छ ।

सेयर कर दियो ।