धनगढी युनाइटेड क्लब, सुर्मी कैलालीको आयोजनामा आगामी श्रावण १५ गतेदेखि ‘नाइट पेनाल्टी सुट आउट’ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खेल साँझ ७ बजेदेखि कनरी पार्क नजिकै रहेको सुर्मीको खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि टिम दर्ता शुल्क रु १,००० र रि-इन्ट्री शुल्क रु ६०० तोकिएको छ । दर्ता गर्ने अन्तिम समय श्रावण १४ गते साँझ ४ बजेसम्म रहेको छ ।

पुरस्कार तथा नियमहरू:प्रथम पुरस्कार: रु २०,०००द्वितीय पुरस्कार: रु १०,०००उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

नियम: प्रत्येक टिममा १ जना गोलकिपरसहित ६ जना खेलाडी हुनुपर्नेछ ।इच्छुक क्लब तथा खेलप्रेमीहरूले दर्ताका लागि राजेन्द्र राना (9815685558), शिवराज राना (9763849544), डेनी चौधरी (9804630710), वा नरेश साउँद (9767820436) सँग सम्पर्क गर्न सक्नुहुनेछ ।

(नोट: ४० टिमभन्दा कम भएमा समितिले निर्णय गरेअनुसार पुरस्कार दिइनेछ।)

सेयर कर दियो ।