कैलालीः प्रहरीले सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र दार्चुलाबाट लाखौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। मंगलबार भारतबाट भन्सार छली ल्याइएका ती सामानहरू विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारिएका हुन्।

कैलालीको धनगढी र टिकापुर क्षेत्रबाट १ लाख ४३ हजारभन्दा बढीको लत्ताकपडा र खाद्यान्न बरामद गरिएको छ। यस्तै, कञ्चनपुरको दोधारा चाँदनीबाट ६० हजार मूल्यको ‘आइस स्टिक्स’ र दार्चुलाको महाकाली नगरपालिकाबाट ३१ हजार बढीको सुर्तीजन्य पदार्थ तथा खाद्यान्न नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।