धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरेको छ। आईतबार प्रदेशकाे मन्त्रीस्तरीय निर्णयमार्फत गरिएको नियुक्तिसँगै अस्पताल व्यवस्थापनका लागि नयाँ पदाधिकारी चयन गरिएको हो ।

अस्पतालको सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन्। बाँकी सदस्यहरू भने पछि नियुक्त गरिने जनाइएको छ ।

यसैगरी, प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल र जोगबुढा अस्पतालमा पनि अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ। लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त हुँदा सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार रहेका छन् ।

त्यस्तै, जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन् ।

प्रदेश सरकारले अस्पतालहरूको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्ने उद्देश्यले पदाधिकारी नियुक्त गरेको जनाएको छ ।