काठमाडौं । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन विक छन् । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
गएराति ९ बजेतिर उनी पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।
पेस्ताले देखाएर लुटपाट गर्न खोजेको भन्ने सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।