जेनजी आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी समातिए

२ आश्विन २०८२, बिहीबार
जेनजी आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी समातिए

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् ।


‎प्रहरीले उनको नाम भने खुलाएको छैन । पक्राउ परेका उनलाई कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि प्रहरीले केही बताएको छैन ।

‎२४ भदौमा ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio