धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एन एस होटलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भिमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन् ।
उनीहरुको साथबाट ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।