पुनर्वास, कञ्चनपुर – भिमसेन सामुदायिक विपद व्यवस्थापन समितिले साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम का प्रमुख अतिथि पदम बहादुर
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमल सिंह रानाले भने, “कुनै पनि विपद आउने बित्तिकै सिमरी गाउँको भिमसेन सामुदायिक विपद व्यवस्थापन समितिले सबैभन्दा पहिला समाधान गर्नेछ । साथै उनले भने रानाथारुको इतिहास खोज्नु जरुरी छ र त्योभन्दा ठूलो कुरा हाम्रो भाषालाई बचाउनु जरुरी छ ।”
विशिष्ट अतिथि नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ढोखे राना, कार्यक्रममा स्थानीय भलमनश, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सभामा विपद व्यवस्थापन समितिले गरेका कामहरुको समीक्षा गर्नुका साथै आगामी योजनाहरुको बारेमा पनि छलफल गरिएको थियो ।

कार्यक्रममा विभिन्न सहयोग वितरण:
२ जना मिर्गौला पीडितलाई आर्थिक सहयोग
२२ जना बालबालिकालाई स्कूल झोला, कपी, कलम र जुत्ता वितरण
१ जना अनाथ बालकलाई आर्थिक सहयोग
८ जना गर्भवती महिलालाई पौष्टिक आहार वितरण
समितिका अध्यक्षले विपदको समयमा समितिले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।