दाइजो कृषि सहकारी संस्थाद्वारा हिउँदे तरकारी खेती तालिम

२०८१ मंसिर १७, सोमबार १३:०९
दाइजो कृषि सहकारी संस्थाद्वारा हिउँदे तरकारी खेती तालिम

कैलाली, धनगढी – दाइजो कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजन (REED) डडेल्धुरको सहयोगमा हिउँदो तरकारी खेती सम्बन्धी दुई दिने तालिम धनगढी-७, देवहरिया सुरु भएको छ।


कार्यक्रमका प्रमुख अतिथि, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा दाइजो कृषि सहकारीका शेयर सदस्य कमल सिंह रानाले हिउँदो तरकारी खेतीको महत्व र सहकारी संस्थाको योगदानबारे आफ्नो धारणा राख्नुभयो।


कार्यक्रममा कृषि ज्ञान केन्द्र, कैलाली अधिकृत कामना कार्कीले तालिमका विभिन्न पक्षबारे जिज्ञासा प्रस्तुत गर्नुभएको थियो। दाइजो कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक वासुदेव रानाको उपस्थिति कार्यक्रममा थप प्रभावकारी बनाएको थियो।


तालिम सञ्चालन दाइजो कृषि सहकारीका समूह प्रतिनिधि राँगो रानाले गर्नुभएको थियो। तालिममा किसानहरूको सहभागिता रहेको र यसले हिउँदो तरकारी खेतीलाई थप आधुनिक र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।