धनगढीमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न: २५३ जनाले लाभ उठाए

२०८१ भाद्र ३०, आईतवार ०३:००
धनगढीमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न: २५३ जनाले लाभ उठाए

धनगढी: धनगढीमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार धनगढी उपमहानगरपालिका वडा नं. ७ कार्यालयमा ७ नं. वडा र शिअ उसु क्वान धनगढीको आयोजनामा यो शिविर भएको हो।

शिविरमा महिला, पुरुष र बालबालिका गरी कुल २५३ जनाले लाभ उठाएका छन्। हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि. धनगढीका प्रबन्ध निर्देशक रतन एसकेका अनुसार, शिविरमा ४२ जनाका खराव दाँत निकालिएका छन् र ५३ जनाको रगत परीक्षण गरिएको छ।

शिविरमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका कन्सलटेन्स डेन्टल सर्जन डा. मनिसा न्यौपाने, डेन्टल सर्जन सदीक्षा थापा, डा. हरिषचन्द्र विष्ट, र ल्याब असिस्टेन्स जुना जाग्रीले सेवा प्रदान गरेका छन्।

लाईन्स क्लव अफ धनगढी संजीवनी, ज्योति आयल स्टोर, धनगढी र डि.के.टी. वाटर इन्डस्ट्रीज धनगढीले शिविरको सहयोग गरेका थिए। हिमालयन गौरीशंकर डेन्टलले धनगढीका विभिन्न वडामा पटक-पटक निःशुल्क शिविरको आयोजना गर्दै आएको छ।

शिविरको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला राना थिइन्। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष मोती राना र वडा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।