मान बहादुर राना / लालझाडी :- कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं ३ को वडा कार्यलय को प्राङ्गण मा गुरही विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम को सभापति समिति कि अध्यक्ष लक्ष्मी चौधरी को सभाध्यक्ष मा चौथो गुरही विशेष कार्यक्रम सम्पन्न भएको थियो।

चौथो गुरही विशेष सांस्कृतिक कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ट अतिथि भूतपूर्व गाउँपालिका अध्यक्ष मदन सेन बडाएक ,वडा नं ३ को वडा अध्यक्ष टिका राम डगौरा रहनु भएको थियो। कार्यक्रम मा सहभागी हरुले आफ्नो रिती संस्कृति झल्कने खालका नाच गान गरी कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेका थिए । कार्यक्रम लाई समाजसेवी महेश चौधरी ले सञ्चालन गर्नु भएको थियो।