धनगढीमा जुनियर नृत्य प्रतियोगिता हुने

५ आश्विन २०८०, शुक्रबार
धनगढीमा जुनियर नृत्य प्रतियोगिता हुने

धनगढी: धनगढीमा जुनियर नृत्य प्रतियोगिता हुने भएको छ। धनगढी प्याप्सनको आयोजनामा आगामी असोज १८ गते जुनियर नृत्य प्रतियोगिता हुन लागेको हो। धनगढी प्याप्सनमा आवद्ध विद्यालयहरु प्रतियोगितामा सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

नर्सरीदेखि १ सम्म बाल गीतमा, १ देखि ५ सम्म लोक संस्कृति झल्कने गीतमा नृत्य प्रतियोगिता आयोजना गरिएको अध्यक्ष नरेन्द्रबहादुर सिंहले जानकारी दिए। ६ कक्षादेखि १० सम्मका लागि वातावरणमा संरक्षणसम्बन्धी नाटक प्रतियोगिता हुने सचिव लोकराज पन्तले बताए। साना बालबालिकाहरुको प्रतियोगिताले उनीहरुमा आत्मविश्वास बढ्ने उनले बताए।

Wedding Story advertisement Of Jems Movies & Photo Studio