नरेश राना / कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालीकामा मुक्त कम्लरिका लागि ३ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । गाउँपालीकाकाे आर्थिक सहयाेग र मुक्त कम्लरि बिकास मन्च कंचनपुरकाे आयाेजनामा तालिम सम्पन्न भएकाे हाे तालिममा पालिका भित्रका ८ जना महिला सहभागी भएका छन ।

समापन कार्यक्रम मा कम्लरि बिकास मन्च कंचनपुरकि अध्यक्ष सीता डगाैराकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्रमुख अथिति पालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , विशिष्ट अतिथि पशु शाखा का प्रा. स.विसन सिंह विष्ट, स्थानिय मुक्त कम्लरि बिकास मन्चकि अध्यक्ष संजिता राना लगायतकाे उपस्थिति रहेकाे थियाे।

समापन कार्यक्रम मा ८ जना सहभागी लाई प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रत्येक सहभागी लाई प्रमुख प्रशासकिय अधिकृत को हातबाट २ ,२ बाख्रा वितरण गर्नु भएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि ले यो बाख्रा पाइसकेपछि यिन को बस्ने व्यवस्था आफै गर्नु पर्ने र यो कार्यक्रम लालझाडी गाउँपालिका मा पहिलो कार्यक्रम भएको ले आउँदो दिन मा यो भन्दा पनि विस्तृत रूपले लाग्ने भनेर जानकारी गराउनु भएको थियो। कार्यक्रम लाई प्रशिक्षक धिरेन्द्र कुमार ढुङ्गाल सञ्चालन गर्नु भएको थियो।







