कञ्चनपुरमा १३ वर्षीया बालिका मृत फेला

२ आश्विन २०८०, मंगलवार
कञ्चनपुरमा १३ वर्षीया बालिका मृत फेला
नरेश राना/कञ्चनपुर: कञ्चनपुरमा खोलामा नुहाउन गएकी १३ वर्षीया एक बालिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेको अवस्थामा नौखुरीकी १३ वर्षीया सृष्टि डगौराको शव फेला परेको हो।

घरबाट एक्लै खोलामा नुहाउन गएकी बालिका घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

खोजतलास गर्ने क्रममा मृत अवस्थामा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio