रानाथारू बिनाइतबार,चाैधरी थारू अट्वारी पर्व धुमधाम साथ मनाउदै

३१ भाद्र २०८०, आईतवार
रानाथारू बिनाइतबार,चाैधरी थारू अट्वारी पर्व धुमधाम साथ मनाउदै

कैलाली । थारू सामुदायले अट्वारी पर्व र रानाथारू सामुदायले बिनाइतबार पर्व धुमधामका साथ मनाउदै छन् । रानाथारूहरूले यस पर्वलाइ बिनाइतबाको नामले मनाउदछन भने डगाैरा थारूहरूले यसलाइ अट्वारी पर्व को नामले मनाउदै छन । जुन नामले माने पनि यस पर्वले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको छ ।

भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारमा बिनाइतबार वर्त बस्ने परम्पराअनुसार रानाथारु समुदायले बिनाइतबार पर्व मनाइरहेका छन् । यो पर्वमा रानाथारू सामुदायका महिला पुरूष केटाकेटी सबैले बर्त राख्नपाउने परम्परा रहिअएको छ । रानाथारू सामुदायमा यो वर्त बस्ने ब्यक्तिले निरहार बर्त राख्दछन र साँझ सुर्य अस्ताउनु भन्दा पहिले बर्त खोल्ने चलन छ । खास गरी यो पर्वमा शरिरमा बिभिन्न किसिमका दानाहरू निस्किने, लामो बिमारीबाट छुटकारा पाउन,जादुटोनाबाट बच्ना बर्त बस्छन ।

यो पर्वमा भगवानलाइ चढाउने प्रसादको रूपमा बनाउने अन्नबाट अन्य दानाहरू झिकि फ्रेस एक अन्नबाट रोटी ,सिमहि,खजुरीया या अन्य प्रसाद बनाउने गर्दछन । अर्को खास कुरा के हो भने यो पर्वमा बेना ( हाते पंखा ) बनाउने गर्द छन र यो पर्व पछि श्रीकृष्ण भगवानले बेनाभर ( याे पर्व पछि पंङ्खा चलाउनु पर्दैन ) जाडो छोडने गर्दा भन्ने जनबिश्वास रहेकाे छ । त्यस पर्वको नाम बिनाइतबार राखिएकाे भनाइ रहेकाे छ । बिनाइतबार बर्त बस्दा निम्न पुजाको समाग्रि  कन्डा,घ्यू,लौङ्ग,खिरा,जुरिया,रोटी,सिमही चाहिन्छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio