नरेश राना/कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलडाँडीमा पहिलो पाईलट कोर्ष गर्ने सागर विष्टलाई सम्मान गरेको छ । माओवादी केन्द्र बेलडाँडी गाँउपालिका कमिटिले आइतबार एक कार्यक्रमका विच पाईलट विष्टलाई सम्मान गरेको हो ।
बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय बिष्टले हालै अमेरिकाको बेईमेन एडिएसन शैक्षिक संस्थाबाट पाईलट कोर्स पुरा गरेर घर फर्किएका थिए । गृहनगर पुगेका बिष्टलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले ढाकाटोपी, दोसल्ला ओढाएर सम्मान गरिएको गाउँकमिटि अध्यक्ष डम्मर शाहले बताए । माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष शाहले विष्टले गरेको कोर्ष गाँउकै लागि गौरब भएकाले सम्मान र उत्साहका लागि सम्मान गरिएको बताए । कार्यक्तममा नेकपा मओवादी केन्द्रका प्रदेश नेता ईश्वरी प्रसाद भट्ट, हरि प्रसाद शर्मा, चन्द्र बहादुर बिक लगायत गाउँकमिटिका नेता कार्यकर्ताले विष्टको कदर गर्दै सम्मान गरिएका थिए ।
अध्यक्ष शाहका अनुसार पढाईको सम्मानका साथै उक्त अध्ययनमा घर परिवारले निर्वाह गरेको भूमिका उच्च रहेको भन्दै प्रेरणाका लागि सम्मान गरिएको बताए । ‘बेलडाँडीले सागर विष्ट जस्तो छोरा जन्माउनु बेलडाँडीवासीको गर्व रहेको बताए ।’ पाईलट सागर विष्टले नर्सरीदेखि कक्षा २ सम्म बेलडाँडीकै नवज्योतिमा अध्ययन गरेका थिए । कक्षा ३ देखि १० सम्म प्रभात विद्या निकेतेन बसन्तपुर र आईएस्सी महेन्द्रनगरको मर्निङ्ग ग्लोरीबाट अध्ययन गरेर १९ बर्षकै पाईलट कोर्ष पुरा गरेका थिए । पाईलट कोर्ष सकेर घर आएका सागर बिष्टले समेत आफ्नो सफलतामा घर परिवार, शिक्षक गुरुदेखि समाजको भूमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका छन ।