नरेश राना/कञ्चनपुरः कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगको कार्यबाहक अध्यक्षमा सहदेव राना चयन भएका छन ।

शनिबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योग समितिको बैठकले उपाध्यक्ष रहेको सहदेव रानालाई काबाको जिम्मेबारी दिईएको हो । उद्योगका अध्यक्ष अमर राना बि?द्ध बलात्कार मुद्दा लागेर पक्राउ परेपछि समितिले उपाध्यक्ष सहदेबलाई कावाको जिम्मेबारी दिएको जनाईएको छ ।

लालझाडी गाउँपालिका २ मा रहेको सामुदायिक सस्मिल तथा फर्निचर उद्योगको अध्यक्षमा राना भएका छन । त्यसैगरी सचिव तेजराज ति?वा, सह सचिब राम गोपाल चौधरी, कोषाध्यक्ष द्रोपती बोहरा चयन भएका छन । लालझाडी गाउँपालिका अन्तर्गत सामुदायिक वनका सदस्यह? कञ्चन सामुदायिक वन उपभोक्ता समूहका सचिव रामअवतार राना, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष माघुराम चौधरी, बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिरादेवी राना, महादेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पप्पु राना र जनहित सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार बिष्णु चौधरी चयन भएका छन ।

लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगको कावा अध्यक्ष सहदेव रानाले उद्योगको बृद्धि विकासमा जोडदिएका छन ।

सेयर कर दियो ।