नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका–१२ मा अवस्थित ईटहा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा समग्र विकासका विषयमा छलफल गर्दै सम्पन्न भएको सभामा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

सभाको अध्यक्षता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वचन सिंह रानाले गर्नुभएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिका–४ का वडा अध्यक्ष बहादुर राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, CFCC का उपाध्यक्ष निर्मल भट्ट र CBAPU कञ्चनपुरका सदस्य सहदेव राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।

कार्यक्रमको स्वागत मन्तव्य संचालन समितिकी कोषाध्यक्ष ओमा कुमारी रानाले प्रस्तुत गर्नुभएको थियो। सभामा प्रस्तुत गरिएको आय–व्यय विवरणका अनुसार १७ लाख २२ हजार ३ सय १७ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको जानकारी भोजबहादुर जोराले दिनुभयो।




कार्यक्रमको समग्र सञ्चालन हेमन्त रानाले गर्नुभएको थियो। वार्षिक साधारण सभाले समग्र वन संरक्षण, आगामी वर्षका योजना, बजेट तथा उपभोक्ताहरूको सक्रियताबारे विस्तृत छलफल गर्दै आवश्यक निर्णयहरू पारित गरेको समूहले जनाइएको छ।







