लालझाडी गाउँपालिकामा “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरिएको छ।

कार्यक्रम लालझाडी गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समन्वय समितिकी अध्यक्ष भगवती राना ज्यूको अध्यक्षतामा तथा वडा नं. ३ का अध्यक्ष आदरणीय टिकाराम चौधरी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। त्यस्तै वडा अध्यक्षज्यूहरूको विशिष्ट आतिथ्यता, जनस्वास्थ्य शाखाका प्रमुख, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी ज्यूहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमासमूहका प्रतिनिधि लगायत सरोकारवालाहरूको उत्साहजनक उपस्थिति एवं सहभागिता रहेको थियो।

दिवसको अवसरमा सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा सक्रिय भूमिका खेलेका स्वयंसेविकाहरूको योगदानलाई सम्मान गर्दै विविध सांस्कृतिक, स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरिएको  लालझाडी स्वस्थ शाखा अधिकृत खगेन्द्र चौधरीले जनाएको छ।

लामो समयदेखि निःस्वार्थ सेवामा समर्पित रहँदै समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएका सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरूलाई यस अवसरमा हार्दिक शुभकामना व्यक्त गरिएकोछ। उनिहरूको निरन्तर सेवा, समर्पण र नेतृत्वका लागि कार्यक्रममार्फत विशेष कृतज्ञता व्यक्त गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

— लालझाडी गाउँपालिका, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समन्वय समिति