रानाथारू बिनाइतबार र थारू अँट्वारी पर्व मनाउदै

रानाथारू बिनाइतबार र थारू अँट्वारी पर्व  मनाउदै

कैलाली,२७ भदाैँ ।

थारू सामुदायले अँट्वारी पर्व र रानाथारू सामुदायले बिनाइतबार पर्व धुमधामका साथ मनाउदै छन् । रानाथारूहरूले यस पर्वलाइ बिनाइतबाको नामले मनाउदछन भने डगारा थारूहरूले यसलाइ अटवारी पर्व को नामले मनाउदै छन । जुन नामले माने पनि यस पर्वले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारमा बिनाइतबार वर्त बस्ने परम्पराअनुसार थारु समुदायले बिनाइतबार पर्व मनाइरहेका छन् ।


यो पर्वमा रानाथारू सामुदायका महिला पुरूष केटाकेटी सबैले बर्त राख्नपाउने परम्परा रहिअएको छ । रानाथारू सामुदायमा यो वर्त बस्ने ब्यक्तिले निरहार बर्त राख्दछन र साँझ सुर्य अस्ताउनु भन्दा पहिले बर्त खोल्ने चलन छ । खास गरी यो पर्वमा शरिरमा बिभिन्न किसिमका दानाहरू निस्किने, लामो बिमारीबाट छुटकारा पाउन,जादुटोनाबाट बच्ना बर्त बस्छन । यो पर्वमा भगवानलाइ चढाउने प्रसादको रूपमा बनाउने अन्नबाट अन्य दानाहरू झिकि फ्रेस एक अन्नबाट रोटी ,सिमहि,खजुरीया या अन्य प्रसाद बनाउने गर्दछन । अर्को खास कुरा के हो भने यो पर्वमा बेना ( हाते पंखा ) बनाउने गर्द छन र यो पर्व पछि श्रीकृष्ण भगवानले बेनाभर ( याे पर्व पछि पंङ्खा चलाउनु पर्दैन ) जाडो छोडने गर्दा भन्ने जनबिश्वास रहेकाे छ । र्त्यसैले यस पर्वको नाम बिनाइतबार राखिएकाे भनाइ रहेकाे छ । बिनाइतबार बर्त बस्दा निम्न पुजाको समाग्रि  कन्डा,घ्यू,लौङ्ग,खिरा,जुरिया,रोटी,सिमही चाहिन्छ ।

थारु समुदायमा अँट्वारी पर्व यसरी मनाउँ छन्  

थारु समुदायमा अँट्वारी पर्वको अप्नै धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हो । दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवत रूपमा शुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरि मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।
भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।
दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् ।

आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् ।
वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।
अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।
अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।
विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

विज्ञापन