कञ्चनपुरमा भब्यरुपमा मनाउने ‘तिज’ पर्व

२० श्रावण २०७८, बुधबार
कञ्चनपुरमा भब्यरुपमा मनाउने ‘तिज’ पर्व

बेलाैरी,२० सावन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तिज पर्व कञ्चनपुरको बेलौरी नगर पालिका -५ उल्दपुर गाउँमा भब्यताका साथ मनाईने भएको छ ।
रानाथारु समुदायले दोस्रो ठुलो वर्पको रुपमा यस तिज पर्व लाई लिइने गरिन्छ । यस बर्षको तिज पर्व सावन २७ गते पर्ने भएकोले त्याे दिन महिलाहरूले धेरै काम गर्नु पर्न्र हन्छ त्यसलाइ मध्यनजर गर्दै बेलौरीको उल्दपुर गाउँमा सामूहिक रुपमा वडा स्तरिय महिला समुहको आयोजनामा सावन महिनाको २६ गते मंगलबारका दिन बिविध कार्यक्रम गरी तिज पर्व मनाइने भएको छन । केहि बर्ष याता रानाथारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा यस पर्वलाई समुहिक रुपमा मनाउँदै आएका छन । हरेक गााउँमा आ आप्नो किसिमले मनाए त पनि यस वर्ष चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा यो पर्व मनाउन लागिएको हो बताइ कार्यंक्रम संयोजक विष्ना रानाले ।


गत वर्ष नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमितीको आयोजनामा बेलौरी नगर पालिकाको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुरमा बासोबास गर्ने सम्पुर्ण रानाथारुहरुले तिज पर्व सामाजिक दूरी कायम गरी भीडभाड नगरी अनलाइन मार्फत तिज गित प्रतियोगिता गरि मनाएको थियो । यस बर्ष पनि कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले तिज मनाउन लागेको बाएइ महिला संजालकि सदस्य जानमाति राना ।


सावन महिनाको तृतिय तिथीका दिन यस पर्वलाई रानाथारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् । राथारु समुदायमा तिज मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ साथै दिदीबहिनीले पानीसमेत नपिएर निराहार बर्त बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन्। गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio