रानाथारु सामुदायले चराँइ पर्व मनाए

२ बैशाख २०७८, बिहीबार
रानाथारु सामुदायले चराँइ पर्व मनाए

धनगढी,२ बैशाख ।

रानाथारु सामुदायले धुमधामका साथ मनाए चराँई पर्व । कैलाली र कञ्चनपुरमा बसो बास गर्ने रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन ।

यो पर्व होरीको उतार्धको रुपमा मनाउछन । यो पर्व चैत शूक्लपुर्णिमाको पहिलो विस्पतीबार या पहिलो सोमबारको दिन यो पर्व मनाउने गर्दछन । फागुमा ३८ दिन सम्मा होरी खेल्ने चलनले गर्दा होलीका लाई सबैले बिदाइ गर्नु पर्ने हुन्छ त्यसै क्रममा खखडेहरा पर्वमा घरको मुली होरीलाई विदाइ गरेर आएको हुन्छ तर घरमा रहेको केटीहरुले यसलाई विदाइ गर्न पएको हुदैनन त्यसैले यस वर्पमा वहाँहरुले विदाइको रुपमा यो पर्व मनाउने चलन छ बताउछन स्थानिय धनगढी उपमाहनगर पालिका ७ बस्ने कौशिल्या रानाले ।

यो पर्व पछि विवहा भइकी महिला आ आप्नो ससुराल ( श्रीमानको घर ) जान्छन । यो पर्वमा महिलाहरुले मिठो भात , उसिनेको आलु , माछा , भरुवा भटाआदिको तरकारी पकाएर लैजान्छन । गाउको गुरुवा (गौटेहरा भर्रा) आए पछि पुजाको गर्नका लागि सबैले आप्नो घरबाट पकाएर लगेको खाना थोरै थोरै सबैले राख्नछन ।

पुजा गरेपाछि गुरुवाले त्यो खानालाई प्रसादको रुपमा चढाउछ र सोही चढाएको खाना पुजा सकिए पछि सबैलाई प्रसादको रुपमा बाडेर खाने चलन छ । पुजा गर्नु भन्दा पहिले कसैले खाना खायो र यो कुरा गुरुवाले थाहा पएपछि तुरुन्त सो नियम उलंघन गर्ने व्यक्तिलाई जरीवाना गरिन्छ । यो पर्व रुखको छाहरी मुनि बसेर मनाउछन भने चराइ पर्व मनाउन गइसकेको व्यक्ति फेरी फर्केर घर आउन पाउदैन ।

दिन भरि सबै जनाले होरी खेलेर मनोरञ्जन गर्दाछन । साझापाख गरुवाले घर अाउने बाटाेमा पुजा गरे पछि सबै जना जंगल बाट ल्याएको स्याउला लिएर आउछन । उक्त स्याउला भुइया या होरी जलाएको ठाउमा गइ फाल्छन त्यहा वाट गाउको पधना या भलमन्साको घरमा गई पानी लिने चलन छ ।

पधनाको घरमा गएका महिलाहरुको माथि गुरुवाले सबैलाई पानीले पवित्र गरेपछि मात्र आ आप्नो घर तिर लाग्छन बताइन बेलौरी नगर पालिका वडा नं. ६ कि जानमति राना ।वहाले भनिन याे पर्व रानाथारू बाहेक चाैधरी थारूहरूले पनि मनाउने गर्दछन । जुन ठाउमा पहिले देखि रानाथारु बस्ती भएको या रानाथारु देउता भएको ठाउँमा चौधरी थारुहरुले पनि यो पर्व मनाउने गर्दछन । वहाहरुले यसलाई चिरइ पर्वको रुपमा मनाउछन बताइन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio