हारी ( होलीका ) दहन ,आज बाट रानाथारु सामुदायमा दिउसो होरी खेल्ने

१५ चैत्र २०७७, आईतवार
हारी ( होलीका ) दहन ,आज बाट रानाथारु सामुदायमा दिउसो होरी खेल्ने

धनगढी,१५ चैत ।

अन्य समुदाय जस्तै आदिवासी रानाथारु सामुदाय होरी पर्वलाई विशेष पर्वको रुपमा लिने गरेका छन । यो पर्वको आप्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथा आनुसासर असत्य तथा अत्याचार माथि सत्य तथा इमान्दारिताको विजयको प्रतिकको रुपमा यस पर्वलाई लिइन्छ ।

विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद आफ्नो बुवा हिरण्यकश्यपको घमण्ड माथि विजय प्राप्त गरेको प्रसंग तथा प्रल्हादकी फुपु होलिकाले भगवान ब्रम्हाबाट आगोबाट नजल्ने पाएको वरदानको गलत प्रयोग गरेको कारण होलिका आगोमा जली नष्ट भएको र प्रल्हादचाहिँ सकुशल निस्किएको घटनाबाटै होली पर्वको प्रदुर्भाव भएको हो ।

रानाथारू समुदाय पनि हिन्दू धर्मको अनुयायी भएका कारण यो समुदायमा पनि विजयको उत्सवको रुपमा होली पर्व मनाउदै आइएको छ । रानाथारू सामुदायले एक महिना अाठ दिन सम्म हाेली मनाउने गर्दछन ।

 माघ महिनाको पुर्णिमाको दिनबाट शुरू भएको होरी अज फागुपुर्णामाको दिन होलीका काे दहन वा जलाउने र होलीका दहन गरेको खुशीमा अाजबाट दिनमा अाठ दिन सम्मा होली खेल्नेगर्दछन र अाठाै दिनमा खख्डेहरा को दिनमा होलीका लाइ अप्नो गाउँको (खेरो) क्षेत्रबाट बिदा गर्छन यसरी यो होरी पर्व रानाथारू सामुदायमा मनाउने गर्दछन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio