धनगढी,२० असाेज ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमित निको हुँदै गए पनि भारतमा भने यसको अवस्था निकै भयावह छ । त्यहाँ हरेक दिन करिब एक लाख मानिस सङ्क्रमित थपिने गरेका समाचार नेपाली सञ्चारमाध्यमहरुबाट थाहा हुन्छ ।
यहाँका स्थानीयहरुलाई पनि यो थाहा नभएको होइन । तर पनि आफ्नो रोजीरोटीका लागि यहाँका स्थानीयवासीहरु दैनिक भारत पस्न थालेका छन् ।गाउँमा रोजगारी तथा कमाइ खाने पेशा नभएका कारण गुजारा चलाउन समस्या भएपछि पछिल्लो समय उनीहरु पुनः भारत फर्किन थालेका हुन् ।
यहाँको त्रिनगर तथा गड्डाचौकी भन्सारबाट दैनिक सयौँको सङ्ख्यामा सुदूरपश्चिमेली नागरिक रोजगारी अर्थात् पेट पाल्नकै लागि भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट कोरोनाका कारण रोजगारी गुमाएर आएका स्थानीय नागरिकका लागि गाउँमै रोजगारीको व्यवस्था गर्ने बताए पनि अहिलेसम्म गाउँमा रोजगारीको कुनै पनि व्यवस्था नगरेका कारण स्थानीयवासी पेट पाल्नकै लागि भारत पस्न बाध्य भएको सायल गाउँपालिकाका स्थानीयवासी तथा नेकपाका युवा नेता तेजबहादुर डुम्रेलले बताए ।
उनले भने, “गाउँमा युवा सबै बेरोजगार भए कमाउने ठाउँ छैन, एक छाक खानलाई भए पनि भारत पस्नु पर्ने विडम्बना छ ।”विगतका दशैँ तिहारका समयमा भारतबाट घर फर्किने लर्को लाग्ने यहाँका सीमानाकामा अहिले काम खोज्न भारत पस्नेको लर्को लाग्न थालेको छ ।
आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाडपर्वको कुनै वास्ता नगरी दिनहुँ लालाबाला बोकेर पेट पाल्नकै लागि नागरिक भारत पस्दासमेत यहाँको प्रदेश सरकारसँग कुनै कार्यक्रम नरहेको दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले बताए ।उनले भने,
“दशैँ तिहारमा कमाएर घर आउने बेला हामी भारत पस्दैछौँ, सरकार भारत पस्नेको तस्वीर हेर्दै छ, सुदूरपश्चिमेली रहरले होइन पेट पाल्नकै लागि भारत जादैछन्, भारत पस्नेका पीडा कस्ले देख्ने ।” गाउँमा सामान्य खालका काम तथा रोजगारीसम्म पाएको भए यहाँका नागरिक कामकै लागि भारत नजाने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार त्रिनगर–गौरीफन्टा नाका भएर एक हप्ताको अवधिमा सुदूरपश्चिमका चार हजार १७३ जनाभन्दा बढी नेपाली नागरिक भारत पसेका छन् । सीमा क्षेत्रमा तथ्याङ्क राख्दै आएको नेपाल प्रहरीले पछिल्लो एक हप्तामा चार हजार १७३ जना नेपाली भारत पसेको जनाएको छ ।त्रिनगर क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट डोकेबजार पोष्टको तथ्याङ