रानाथारू समुदायले यसरी बनाए जन्मअष्टमी पर्व

२८ श्रावण २०७७, बुधबार
रानाथारू समुदायले यसरी बनाए जन्मअष्टमी पर्व

धनगढी, २८ साउन । रानाथारु समुदामा धुमधामका साथ उल्लासमय बातावरणमा अष्टमी मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व रानाथारु समुदायको महान पर्व हो । श्रीकृष्ण जन्म अष्टमीको दिन हरेकवर्ष रानाथारु समुदायमा निरहारा बर्त बसेर मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अट्टमी’ भन्ने गरिन्छ । र श्री कृष्णलाई रानाथारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनको जन्मोत्सवमा रानाथारु समुदायमा ब्रत बसरे उनको निधारमा टिका लगाउने र गीत गाएर रातभरी जागरण गरी मनाउने गर्दछन् ।


दुइदिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिमिको पहिलो दिन बर्त बस्ने पुरूष या महिलाले दिनभरि केहि पनि नखाई व्रत बस्ने गर्दछन् । धनगढी उपमहानगर १५ उर्मि गाउका भलमन्सा रामबरण राना ले बताए । उनको अनुसार अष्टमिको पहिलोदिन अर्थात व्रत बसेको दिन विहानै घरको एक जना मिहलाले फुल भएको काँक्रा तोरेर ल्याउछन त्यसलार्इ कन्हा मानेर राम्रो संग राख्छन । साँभ भए पछि काठको पिङ बरीपरी काठकै बार बनायर त्यसलार्इ डोरीले बाँधेर राख्छन र त्यसको माथि पहिलो बस्त्रले बेरेर त्यसको मुनी पिङ हाल्ने गर्दछन । त्यसै पिङमा त्यो काँक्रा राख्छन भने यसको वरीपरीको भित्तामा विभिन्न जनाबारको चित्र बना इन्छ ।दिनभरी सबैजना अष्टमिके तयारी गर्दछने , अष्टमीको खास प्रसाद भनेको खजुरीया तिन कुने बनाइन्छ र पछि त्यसलार्इ तेलमा तारिन्छ ।


साँझ भए पछि बर्तबस्नेले होम पुजा गर्छ यसरी राति चन्द्रमा नदेखिए सम्मा बर्त खोल्न पाइदैन तर बादल लागेको बेला चहि रातीको १२ बजे पछि बर्त खोल्ने चलन छ । उनले भने, राती जागराम गर्नका लागि कसैले प्रेमसागर , विस्राम सागर लगायतको धार्मिक किताब पढने गर्थे भने कसैकसैले कान्हा जन्मे खुशीमा गित गाउनथे । जन्म अष्टमीमा पुरूषहरूले ठडिया नाँच खेल्ने गर्दथे भने मिहलाहरू बैठक्कि गित गाएर राती जागराम गरी निकै नै रमाइलो हुन्छ ।


विहान भएपछि साना बच्चाहरूले कुसकाटेर ल्याउछन ।जसको घरमा अष्टमी बर्त बसेको छ सोहि घरकाले त्यसमा दुध , बेसार हालेर पहिले अपनो घरबरीपरी सिच्न लगाइ पछि सोहि पानी गाउमा प्रत्येकको घरमा घरमा छर्किने या घरमुलिको खुट्टा धुने चलन छ यो पानीले घर सिचाय गरेमा रोगव्यध घरमा प्रबेश गर्न सक्दैन भन्ने जनविश्वास रहेको छ , त्यस बफत घरमुलीले दान दिने चलन छ । यसरी दोस्रे दिन ठाडिया नाँच पनि सबैको घर घरमा गइ नाँच खेल्ने गर्छन ।
उनको अनुसार साँझ भए पछि छठी गर्ने चलन छ । त्यसको उपलक्ष्यमा गाँउभरीका लार्इ खानाखुवउने गर्छन । यसरी जन्मअष्टमीके तिउहार मनाइन्छ बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio