सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

बेलौरीमा दश्या विशेष सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न

बेलौरीमा दश्या विशेष सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न

ए.मिव राना/ बेलाैरी , २७ असाेज ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा दश्या विशेष साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भयो ।
“हमार रिती हमार पहिचान ,सांस्कृति बचैना हमार अभियान” भन्ने मुलनाराका साथ बेलौरी नगर पालिका वडा नं. ५को आर्थिक सहयोगमा शोभाताल युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रम संयोजक जगदिश चौधरीको सभापतित्वमा भएको हो भने कार्यक्रमका प्रमुख अतिथी बेलौरी नगर प्रमुख पोतिलाल चौधरी रहनु भएको थियो । वहाँले कार्यक्रमको उदघाटन पछि सभालाई सम्बोधन गर्दै भने , ‘हामीले बेलौरी नगर पालिकामा विकासको शुरुवात गरिसकेका छौ ।,


‘कुनै कुराको संरचना नै नभएको आवस्थामा हामीले बाटोघाटो, पुलपुलेसा लगायत विकासका निर्माण गरेकाछौ ।, ‘निर्वाचन भएको तिन वर्ष हामीले काम गर्न पायौ र दुई वर्ष यता कोभिड १९ कोरोना भाइरसको कारणले विकासमा खर्चिने बजेट पनि हामीले कोरोना भाइरस नियन्तत्रकालागि समाग्रि खरिद गर्नमै लगाउनु प¥यो ।,


‘बेलौरी नगर पालिकाले हरेक जातजातिको भाषा सांस्कृतिको संरक्षण गर्नका लागि गौरा पर्व,होरी मिलन लगायत दशै मनाउनका .लागि बजेट विनियोजन गरेकाछौ ।, ‘हरेक जातजातिनको पर्वलाई हामीले सम्मान गरेकाछौ ।,
‘साथै यस पालिको दशैले हामी भित्र रहेको गलत भावनहारुलाई त्यगदै नयाँ सोचका साथ अगाडि बढन संकल्प गरौ देश विकासमा सबै जनालाई आग्न म आवहान गर्दाछौ’ बताए नगर प्रमुख चौधरी ।


कार्यक्रममाका विशिष्ट अतिथी वेलौरी नगर उपप्रमुख चित्रा कुमारी चौधरी, लगायत बेलौरी नगर पालिकाका सबै वडा अध्यक्ष र वडा सदस्यहरुले शुभकामना मन्तव्य दिएका हुन । कार्यक्रमलाई संचालन दिपक चौधरी र सुनिता चौधरीले गरिका हुन ।


कार्यक्रममा युवा क्लबले साँस्कृतिक नाँच, गानाका साथै राष्ट्रिय कलाकार सोनु कुश्मीको प्रस्तुती रहेको थियो भने कलाकारहरुलाई युवा कल्बले सम्मान समेत सगरेको थियो ।