आप्नो जाति समुदायको संस्कृति सरक्षण तथा संवद्धन गर्नु कौनसा गल्ति ग¥याै, बेलौरी नगर प्रमुख चौधरी

२६ श्रावण २०७८, मंगलवार
आप्नो जाति समुदायको संस्कृति सरक्षण तथा संवद्धन गर्नु कौनसा गल्ति ग¥याै, बेलौरी नगर प्रमुख चौधरी

बेलाैरी,२६ सावन । कञ्चनपुरको बेलौरी नगर पालिका वडा नं. ५ उदयपुर ( उल्दपुर ) गाउमा रानाथारु महिलाहरुले तिज मिलन कार्यक्रम –२०७८ भव्यताका साथ सम्पन्न भयो ।उक्त कार्यक्रम वडा नं. ५ को वडा कार्यालयको आर्थिक सहयोगमा उदयपुर गाउमा वडा स्तरिय तिज मिलन कार्यक्रम गरी मनाइयो ।

कार्यक्रमका प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी तथा विशिष्ट अतिथीमा उपप्रमुख चित्रा कुमारी चौधरी रहनु भएको थियो ।कोरोना भाइरसको संक्रमण बेलौरी नगर पालिकामा केहि कम देखिएको ले यस्ता कार्यक्रम गर्न अनुमति दिएको तर पनि भौतिकदुरी कायम गरी कार्यक्रम गर्न अनुरोध गर्नु भयो । वहाँले भन्नु भयो बेलौरी नगर पालिकाले हरेक जाति सामुदायको भाषा, संस्कृति संरक्षण्को लागि हरेक बर्ष बजेट विनियोज गर्दै आइरहेको बताए ।

वहाँले भने कतिपय व्यक्तिहरुले नगर पालिकाले नाचगानमा मात्र बजेट जिनियोजन गर्छ भनेर अरोप पनि लगाउछन म त्यसता व्यक्तिहरुलाई भन्न चहन्छु आप्नो जाति समुदायको संस्कृति सरक्षण तथा संवद्घन गर्नु कौनसा गल्ति ग¥यौ , पहिले एकात्मक राज्यको संरचना थियो पहुच भएको जाति सामुदायको मात्र संस्कृति संरक्षण हुने गर्दाथियो अहिले देश संघियतामा गइसकेकोले वहाँहरुको भाषा संस्कृतिको जगेर्ना गर्नु वहाँहरुको कर्तव्य हो, ‘ यहाँका मुल आदिबासी भनेक रानाथारु हुन तर वहँहरुको जाति सुचिकृत भएको थिएन अहिले वहाँहरुको पहिचान भएको बताए नगर प्रमुख चौधरीले ।


बेलौरी नगर पालिका पहिलेको भन्दा अहिले धेरै विकास भएको छ । पहिले गाउँ–गाउँ जोडने बाटोको विकास भएको थिएन । विजुलीबत्तीको लाइन विस्तार नभएको आवस्थामा अहिले मुल सडक र गाउ– गाउमा विजुली पुगेको छ । विकास भेनको एकै पटक नहुने कुरा हो विस्तारै हुदै जाने हो बताए नगर प्रमुख चौधरी । सोहि कार्यक्रममा विश्ष्टि अतिथिको आसिनमा बेलौरी नगरपालिकाका प्रबक्ता विनोद नेपाली , वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार राना, वडा सदस्य कृपाराम चौधरी लगायत गाउका भलमन्सा लच्छु रानाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

वडा स्तिरिय तिज मिलन कार्यक्रम संयोजक विष्ना रानाको सभापतित्वमा भएको थियो भने कार्यक्रम विप्लस मिडियकी कार्यक्रम संचालिका श्रीसा रानाले कार्यक्रम संचालन गरेकी थिइन ।कार्यक्रममा रानाथारुका राष्ट्रिय कलाकार रामदेव राना , स्थानिय कलाकार सिता राना लगायत भकुन्डकी झिँझी नाँच , उदयपुर गाउका केटाकेटीहरुले रानाथारु गितमा डान्स प्रस्तुत गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio