बेलौरी नगरपालिकाले अगामि आर्थिक बर्षकाे लागि ८१ करोड ७० लाख बजेट

बेलौरी नगरपालिकाले अगामि आर्थिक बर्षकाे लागि ८१ करोड ७० लाख बजेट

बेलाैरी, १० अषाड । कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।बिहीबार सातौँ नगर सभामा नगर उप प्रमुख चित्र कुमार चौधरीले ८१ करोड ७० लाखको बजेट र नगरप्रमुख पोतिलाल चौधरीले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  नगरप्रमुख चौधरीले नगरको सम्बृद्धि एकिकृत दिगो विकासका लागि योजना अघि सारिएको बताए ।  नगरप्रमुख चौधरीका अनुसार आगामी आर्थिक वर्ष स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै कृषि, पर्यटन, पूर्वाधार विकास, सीमा, उद्योग, उद्यमी, वातावरण क्षेत्रलाई समेत प्राथमिता राखिएको छ । बेलौरी नगरपालिकामा कृषिका लागि थप योजना अघि सारेको उनले बताए ।

स्थानीय, प्रदेश र संघ सरकार सँगको सँयुक्त साझेदारीमा योजना कार्यान्वयन गरिने नगरप्रमुख चौधरीको प्रतिबद्धता थियो । नगर सभामा स्वास्थ्यकर्मी मान बहादुर चन्द र प्रशासकीय अधिकृत शुशिला लेखकलाई पुरुष्कृत एवम् सम्मान गरिएको छ ।नगर सभामा प्रस्तुत गरिएको बजेट अध्ययनका लागि सभा सदस्यहरुलाई वितरण गरिएको थियो । नगर सभा सदस्यले अध्यययन गरेर थप सुझाव सहित पारित गरिने बेलौरी नगरपालिकाले जनाएको छ ।

विज्ञापन