सोमवार, ६ माघ
गत बर्ष झै यस बर्ष पनि थारु कल्याणकारीणि सभा यु.ए.ई ले माघी उत्शव तथा ८ आै बार्षिक भेला सम्पन्न गरेको छ ।
कार्यक्रम सन्चालन था .क .स यु ए ई का सदस्य तथा लोकप्रिय गायक एवं कार्यक्रम प्रस्तोता केशब राज महतो ज्यु को रहेको थियो भने साथ मा पहिलो पटक माया महतो ले वहाँ लाई साथ दिनुभएको थियो । त्यसैगरी स्वागत मन्त्ब्य संस्थाका प्रबक्ता तथा महासचिव खेम महतो ज्यु ले दिनुभएको थियो ।
कार्यक्रम का प्रमुख अथिती को रुपमा आमन्त्रित नेपाल आदिबाशी जनजाती महासङ्घ यु.ए.इ.का अध्यक्ष महेश मोक्तान ज्यु ले कार्यक्रम मा छोटो र मिठो मन्त्ब्य राख्नु भयो र साथ मा माघी पर्बको शुभकामना दिदै बिदेशमा रहेर पनि थारु समुदायले आफ्नो परम्परा र भेष भुषा संकृति बचाउदै अगामी दिनहरुमा पनि यसको निरन्तरता दिईरहनुपर्छ भनी हौसला प्रदान गर्नुभयो ।
यसै गरि कार्यक्रमका विशेष अतिथि – नेपाली समाज यु.ए.ई को उपाध्यक्ष कमल गिरि थारु समुदाय को माघी पर्व साथै थारु सम्बत अनुसार २६४३औ नयाँ बर्ष र बारे मा छोटो मन्तब्य का साथ थारुहरुको मौलिक संकृतिले भरिएका थारुहरुले बन्जर भुमी लाई उर्बर भुमी बनाउन अहम भुमिका रहेको र नेपालको भुमी पुत्र भनेर चिनिने थारु समुदाय आदिबासी जनजाती मध्यकै कला र संकृतिमा धनी समुदाय भन्नुभयो साथै यसको संरक्षण र सम्बर्द्धन मा समुदाय,युवा बर्ग र सरकार को पनि अहम भुमिका हुनुपर्ने कुरा बताउनुभयो ।
साथै कार्यक्रम का बिशेष अतिथि नेपाल आदिवासी जनजाती महा संघका यु.ए.ई का भुतपुर्ब अध्यक्ष डेर राज गुरुङले पनि छोटो मन्तब्य राख्दै आफ्नो भाषा संसकृति परम्पराहरुको अस्थित्व लाई राजनीतिक रुपमा स्थापित गर्नु पर्छ भन्दै माघिको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मन्तब्य पश्रात उद्वघोषक गायक केशब राज महतोले कार्यक्रम मा सुन्दर से सुन्दर… सुन्दर धर्ती हमार देश….बोलको स्वदेशगान र लगत्तै माघि उत्शव को आवश्यकता अनुरुप “बनवामा नाछे मजोर….” गाउनु भएको थियो । त्यसपछी माहोल लाई रङिन मोडमा बदलदै गायिका अनु चौधरी “आइल माघी घुम घुम के झुम झुमके… र चुरी पायल कङ्गना… बोलको गितले आफ्नो दर्शक सुभ चिन्तक ज्यु हरु लाई छ्म छम नचाउनुभयो। त्यसपछी एकपछी अर्को गर्दै बुलन्द स्वरका धनी गायक देवकृष्ण चौधरी रोचक प्रस्तुतिहरुमा दर्शकहरु झुम्ने मौका पाए। यी चर्चित कलाकारहरु माझ यु.ए.इ मै कार्यरत गायक निसान्त चौधरी ले पनि सबै दर्शकहरुको मन छुने प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रम मा नेपाल देखि आमन्त्रीत अतिथि कलाकार पाहुना हरु चर्चित गायक देवकृष्ण बिश्वास,गायिका अन्नु चौधरी सोहिगरी हाल यु.ए.इ. मै रोजगारी को सिलसिला मा रहनुभएकी बहुप्रतिभाशालि नेपाली राष्ट्रिय खेलाडी केशरि चौधरी, Noble Mr.&Miss tharu icon2019 का बिजेता अंकिता बिस्वास थारु र अमन चौधरी, सोहिगरी मोरंङ जिल्लाका थारु कला केन्द्रका ब्यबस्थापन समितिका उपाध्यक्ष बि.ए.न चौधरी, सदस्य कल्पना हजारी,समाजसेवी श्रीमती शुचि चौधरी लगाएत स्थानिय कलाकारहरु सम्पुर्णलाई प्रमुख अतिथि महेश मोक्तान र कार्यक्रमका सभापती रुपेश चौधरी त्यसैगरी समाजसेबि, बुद्धिजीवी र सामाजिक अभियन्ता कमल चौधरीद्वारा उहाँहरुलाई क्रमशः सम्मान पत्र र दोशल्ला अनि मायाको चिनो ले अभिनन्दन गरियो ।
कार्यक्रमका प्रमुख अतिथी ज्यु बाट सहयोगार्थ स्वरुप आयोजना गरिएको भाग्यशालि चिट्ठा कार्यक्रम को नतिजा प्रकासित गर्दै भाग्यमानिलाइ पुरस्कार वितरणका साथ कार्यक्रम समापन बिधिबत तरिकाले सम्पन्न भयो ।