धर्म संस्कृती नै पहिचानको आधार , नगरप्रमुख वड

४ माघ २०७६, शनिबार
धर्म संस्कृती नै पहिचानको आधार ,  नगरप्रमुख वड

धनगढी ४ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धर्म संस्कृती नै पहिचानको आधार भएको बताएका छन् ।
धनगढी उप–महानगरपालिका वडा नं १७ ले धुझन्नामा आयोजना गरेको माघी मिलन कार्यक्रम २०७६ को उद्घाटन गर्दै नगरप्रमुख वडले पहिचान बचाउनका लागि माघी मिलन कार्यक्रमको आयोजना गरिएको बताए । आफ्नो धर्म संस्कृती र भेषभुषलाई त्यागेर कुनैपनि हालतमा पहिचान जोगाउन सकिदैन नगरप्रमुख वडले भने, त्यसैले पनि यस क्षेत्रका संस्कृती र परंपरा संरक्षण गर्नका लागि उप–महानगरपालिकाले यस्ता गतिविधी गर्दै आईरहेको छ । नगरप्रमुख वडले वडा नं १७ मा आउने आर्थिक बर्ष सम्म कुनैपनि सडक बाटो कालोपत्रे गर्नबाट बाँकी नरहने बताए । आफ्नो नेतृत्व धनगढी उप–महानगरपालिकामा निर्वाचित भएर आएदेखि वडा नं १७ मा मात्रै १८ किलोमिटर सडक कालोपत्रे गरेको नगरप्रमुख वडले बताए । उनले भने, बत्तिमुनीको अध्यारोको रुपमा चिनिने डमौलियामा पनि कालोपत्रे सडक र बिजुली बित्ति पुगेको छ । वडा नं १७ लाई नमुना वडाको रुपमा विकास गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले थारु जातीको माघी नयाँ बर्ष भएको बताए । उनले भने, यसलाई प्राथमिकता दिएर नै सरकारी सहयोगमा कार्यक्रम आयोजना हुने गरेका छन् ।
धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष माधवराज रानाले आफु निर्वाचित भएर आएदेखि नै राना समुदायको होली र थार समुदायको माघीमा कार्यक्रम आयोजनाका लागि सहयोग गर्दै आएको बताए । उनले भने, हामी सधैका चाडबाडलाई समान प्राथमिकता दिन्छौं । कार्यक्रममा धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापा, वडा नं ८ का अध्यक्ष नारायण बरालले पनि माघि मिलन कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए । माघी मिलन कार्यक्रममा थारु समुदायका नाचगानहरु प्रस्तुत गरिएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio