धनगढी । सुदुर पश्चिमाञ्चल साहित्य समाजले साहित्यकार पदम राना लाई सम्मान गरेको छ । साहित्य समाजले भाषा साहित्य योगदान पुर्याएको भनेर राना लाई सम्मान गरिएको हो ।
राना विगत लामो समयदेखि भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा समर्पित रही योगदान गरको बाफत प्रमुख अतिथि माननीय विक्रम सिंह धामीको हात बाट सोही योगदानको कदरस्वरूप सुदुरपश्चिमाञ्चल साहित्य समाजद्वारा स्थापित रु. पच्चीस हजार राशिको सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार-२०८० द्वारा सम्मानित गरिएको छ ।
सुदूर पश्चिमान्चल साहित्य समाजले दिएको पुरस्कार रानाले समाज लाई नै रानाथारु भाषा साहित्यमा काम गर्न फिर्ता दिएका छन् ।