धनगढी । सुदुरपश्चिम प्रदेशको भ्रमणको क्रममा सम्माननीय प्रधानमन्त्री केपिशर्मा ओली धनगढी उपमहानगर पालिका वडा नं. ८ स्थित नेपाल रानाथारु समाजको केन्द्रिय कार्यालयमा भब्य स्वागत भएको छ । समाजका केन्द्रिय अध्यक्ष कमल सिंह राना द्वारा प्रधानमन्त्री ज्युलाई मायाको चिनो स्वरुप रानाथारुको परम्परागत सिपले बनेको डलबा उपहार प्रदान गर्नुका साथै पाँच बुँदे माग सहितको ज्ञापनपत्र बुझाइको छ । रानाथारू सामुदायकाे भाषा र जातिकाे पहिचान तथा सुचिकरण गराइ दिनु भएकाेमा प्रधानमन्त्री केपिशर्मा ओलिलाई अध्यक्ष रानाले धन्यवाद ज्ञापन गरेका छन । यस कार्यक्रममा रानाथारु समाजका पुर्व अध्यक्ष तथा संविधान सभा सदस्य माननीय कृपाराम राना सहित संस्थाका पदाधिकारीहरु र धनगढी गाउँ, वेला गाउँ र देवहरिया गाउँका झाँकी टोलीको सहभागिता रहेको थियो ।
सुदुरपश्ञ्चिम भ्रमणको क्रममा प्रधानमन्त्रीज्यु सुदुरपश्ञ्चिम विश्वविद्यालयको दिक्षान्त समारोह, सुदुरपश्ञ्चिम प्रदेश सभा सम्बोधन, धनगढी सभाहलको उदघाटन र नेपाल रानाथारु समाजको स्वागत कार्यक्रममा सहभागि हुनुभयो ।
सोहि क्रममा नेपाल रानाथारु समाज द्वारा निम्न बमोजिमको मागहरु प्रस्तुत गरिएको छ ।
१) रानाथारु परिषद निर्माण गरिदिनु पर्ने ।
२) धनगढी १३ राजपुर र कञ्चनपुरमा रहेको रानाथारु संग्रहलय संचालनकालागि बजेट व्यवस्थापन गरिदिनु पर्ने ।
३) लालझाडी र सुक्लाफाँटामा हुने जंगली जनावरबाट हुने आतंकको नियन्त्रण गर्न पहल कदमी गरिदिनु पर्ने ।
४) बर्षौ देखि ओझेलमा परेको धनगढी भुइयाँघाट जुगेडा सडक निर्माण गरिदिनु पर्ने ।
५) कञ्चनपुर दोदा नदिमा तटबन्धको लागि पहल कदमी गरिदिनु पर्ने ।