कञ्चनपुर। कञ्चनपुरमा राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ तथा राष्ट्रिय लैङ्गिक समानता नीति कार्यान्वयन कार्ययोजनाको अभिमुखिकरण तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंह दरबार काठमाण्डौको आयोजना तथा सशक्त महिला समृद्ध नेपाल, युरोपियन नेपाल संयुक्त राष्ट नेपालको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बाजुरा, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी र बझाङका पालिकाका उपप्रमुख प्रमुख वडा अध्यक्ष, सदस्य, समबन्धीत निकायका प्रतिनिधी, महिला बालबालिका जेष्ठ नागरिकका शाखाका प्रमुखहरु लगायतको उपश्थिती रहेका थियो ।राष्ट्रिय लैङ्गिक समानता नीति नेपाल सरकारको मन्त्री परिषदबाट स्विकृत भएको र हाल कार्यन्वनको क्रममा रहेको र यसलाई प्रदेश स्थानिय तहमा आन्तरिकरण र स्थानियकरण गर्नका लागी जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय उप सचिव ममता बास्तोलाले जानकारी दिईन् ।
प्रदेश र स्थानिय तहको जिम्मेवारी के हो ? भन्ने विषयमा सहभागीहरुलाई जानकारी दिनका लागी कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।महिला विरुद्ध हुने भेदभाव उन्मुलन गर्ने महासन्धीको पनि जानकारी दिने र यसको कार्यन्वयनमा पनि स्थानिय तहलाई जिम्मेवार बनाउने उदेस्यका साथमा कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयबाट पनि सहभागिता गराएर कार्यक्रमको आयोजना भएको थियो । राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ तथा राष्ट्रिय लैङ्गिक समानता नीति मन्त्री परिषदबाट पास भएको अवस्थामा अहिले पनि सुदूरपश्चिमका बिभिन्न क्षेत्रमा महिला हरुको अवस्था उस्तै रहेको पछाडी पारिएको अवस्था कायमै रहेको महिला सम उत्थान परियोजना लैङ्गिकतामा आधारित हिँसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्टल बताईन् ।
अहिले पनि बाजुरामा महिलाहरुले सडकमा बच्चा जन्माउनु पर्ने अवस्था रहेको र राज्यले महिला लक्षित नीती निर्माण बनाईए पनि कार्यान्वयक कम भएको बताईन् । नीती निर्माण भयो तर विषेश वडा सरकारले यस्को कार्यान्वयनलाई दरिलो तरिकाले लागु गर्ने हो भने महिलाहरुलाई कम हिँसा, कम पिडा हुने बताईन् ।
साथै, नीति कार्यन्वयन भयो भने सबै राज्य पनि सफल हुने अबधारणा सबैले लिनु पर्ने र सिडले महिलाहरुको हक अधिकारका लागी राम्रो अस्त्र हुने र महिलाहरुको समग्र विकासमा टेवा पुय्राउने बताईन् ।