दिनेश राना/धनगढी, १६ अगहन ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित दाइजो कृषि सहकारी संस्था लि.को १२औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख सुदुशपश्ञ्चिम प्रदेश भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री रामेश्वर चौधरी रहनु भएको थियो । मन्त्री चौधरीले भन्नुभयो “ हाम्रो मन्त्रालय अन्र्तगतका कार्यालयहरु ज्ञानकेन्द्र,भ्याटनरी केन्द्रबाट थुपै कार्यक्रमका सुचनाहरु प्रकासित हुने गर्दछौ तर ति कार्यक्रमका सुचनाहरु वास्तविक किसानले थाहा पाउदैनन ति सुचनाहरुलाई तपाईहरुले किसान सम्मा पु¥याइदिनका लागि अनुरोध गर्दछु ”, यस वर्ष हामीले थारुआलु, माछापोखरी, तरकारी खेती बंगुरपालन लगायत कार्यक्रमहरु रहेको बताउनु भयो मन्त्री चौधरीले ।
विश्ष्टि अतिथी धनगढी उपमहानगर पालिका वडा नंं. ७ का वडाअध्यक्ष मोति राना रहनु भएको थियो । त्यसैगरी शुभकामना दिनुहुने अतिथीहरुमा ज्ञानकेन्द्र कैलालीकी अधिकृत कामना कार्की, शिवनगर खानेपानीका उपाध्यक्ष दमोदर साहु , कानुनी सल्लहकार कृष्ण प्रसाद सुवेदीले ले दिनुभएको थियो ।
संस्थाको आ.व.२०७९।०८०मा ५ करोड ६० लाख , ४० हजार ९ सय ५।५५ रुपैया बराबो कारोबार रहेको बताए लेखा समिती संयोजक नन्दगोपाल राना । सोहि कार्यक्रममा संस्थाले असल ऋणीहरुलाई सम्मान गरेको छ । सम्मानित हुने शेयर सदस्यहरुमा संस्थाकि निवर्तमान अध्यक्ष चन्द्र किरण राना, बचतकर्ता रामफुल राना, जोगिराम राना ,असल ऋणी लाल बहादुर राना ,आगनबारी मिडिया प्रा.लि .का दिनेश राना लाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरेको छ ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका निवर्तमान अध्यक्ष चन्द्र किरण रानाले गर्नुभएको थियो भने संचालन सचिब दिपकराज जाेशीले गर्नुभएको थियो ।